कालीमाटीमा आज नेपाली ठूलो गोलभेडाभन्दा भारतीय ठूलो गोलभेडा ३० रूपैयाँले महंगो छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ६० रूपैयाँ, अधिकतम ७० रूपैयाँ र औसत मूल्य ६५ रूपैयाँ तोकिएको छ।
भारतीय ठूलो गोलभेडाको प्रतिकिलो मूल्य न्यूनतम ९० रूपैयाँ, अधिकतम सय रूपैयाँ र औसत ९५ रूपैयाँ छ।
लोकल गोलभेडाको औसत मूल्य १५ रूपैयाँ प्रतिकिलो छ।
आज लोकल बन्दा ५५ रूपैयाँ, काउली १८ रूपैयाँ, रातो मूला २२ रूपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
अकबरे खुर्सानीको भाउ न्यूनतम २५० रूपैयाँ र अधिकतम ३ सय रूपैयाँ प्रतिकिलो तोकिएको छ। हरियो धनियाँ भने ५० देखि ७० रूपैयाँ प्रतिकिलोसम्म कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
यस्तो छ आजको भाउ