सरकारले चालु आर्थिक वर्ष (२०८०/८१) का लागि कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी गरी तीन प्रकारका कफीको मूल्य तोकिएको छ।
जसअनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकिलो एक सय रूपैयाँ छ भने ‘बी’ ग्रेडको ९० रूपैयाँ छ।
आठ सय मिटरभन्दा माथि प्रांगरिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरी ए ग्रेड अन्तर्गत पर्दछन्।
पार्चमेन्ट चेरी ‘ए’ ग्रेडको प्रतिकिलो पाँच सय रूपैयाँ र ‘बी’ ग्रेडको चार सय ५० रूपैयाँ तोकिएको छ।
त्यस्तै, ड्राइ चेरी कफी ‘ए’ ग्रेडको प्रतिकिलो दुई सय रूपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको एक सय ५० रूपैयाँ तोकिएको छ।
बोर्डले तोकेको मूल्य आजबाट लागु हुने छ। सरकारले प्रत्येक वर्ष मंसिर एक गते विभिन्न कार्यक्रम गरी कफी दिवस मनाउँदै आएको छ।
यस वर्ष ‘कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण, दीगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मुल नाराको साथ १९ औं राष्ट्रिय कफी दिवस मनाइने बोर्डले जानकारी दिएको छ।