सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेण्ट उद्योगले प्रतिबोरा १ सय रुपैयाँभन्दा बढी मूल्य वृद्धि गरेको छ। उद्योगका अनुसार अन्य सिमेण्टमा मूल्य बढेपछि मात्र हेटौंडा सिमेण्टले मूल्य बढाएको हो।
उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेण्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो। अहिले सिमेण्टको मूल्य भ्याटसहित प्रतिबोरा ९१२ रुपैयाँ विक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेण्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७९५ सय रुपैयाँमा विक्री गर्दै आएको थियो। उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ।
प्रतिबोरा १० रुपैयाँ कमिशन दिँदै आएकामा अब १५ रुपैयाँ पुर्याएको छ। मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा ८३० रुपैयाँमा सिमेण्ट खरीद गर्ने गरेकामा अहिले ९४० रुपैयाँ प्रतिबोरा सिमेण्टको मूल्य पुगेको छ। ९४० रुपैयाँमा हेटौंडाका डिलरले सिमेण्ट विक्री गरिरहेका छन्।
शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए।