गायिका नलिना चित्रकारले पोर्चुगलका नेपालीलाई आफ्ना गीतमा नचाएकी छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल तथा संघीय नेपाली महिला फोरम, पोर्चुगलको संयुक्त आयोजनामा गायिका चित्रकारले पोर्चुगलका नेपालीलाई भरपुर मनोरञ्जन दिएकी हुन्।
नेपालका सुदूर पश्चिमका महिला तथा बाल-बालिकामा लागेको गम्भीर प्रकृतिको रोगको उपचार्रार्थ सहयोग स्वरूप कार्यक्रमको आयोजना गरिएको अनेसासले जनाएको छ।
चित्रकारको सुमधुर स्वरले दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए। च्यारीटी डिनरसहितको कार्यक्रम भएकोले उल्लेख्य मात्रामा दर्शकहरुको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न साहित्यिक रचनाहरु पनि वाचन गरिएको थियो।
कार्यक्रमबाट संकलीत रकम पूर्व घोषित लक्षित परिवारलाई सहयोग गरिने आयोजक अनेसास,पोर्चुगलका अध्यक्ष वाई बि गुरुङ्गले जानकारी दिए।
कार्यक्रममा संघीय समाजवादी फोरम, पोर्चुगलका अध्यक्ष गणेश बहादुर लिम्वुसहित यसौंको उपस्थिति थियो।
पोर्चुगलका लागि नेपाली पर्यटन दूत तथा अनेसास, पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ्ग, विशेष अतिथि एनआरएन आईसीसी सदस्य, नरेन्द्र बहादुर हमाल, एनआरएनए, पोर्चुगलका अध्यक्ष तथा अनेसास, पोर्चुगलका सल्लाहकार कुविर कार्की, अनेसास,पोर्चुगलका अध्यक्ष वाई बि गुरुङ्ग, अनेसास, पोर्चुगलका बरिष्ठ सल्लाहकार तथा नव निर्वाचित केन्द्रिय उपाध्यक्ष सुनिल सङ्गम, नेपाली नारी समाज,पोर्चुगलकी प्रतिनिधि सुनिता भट्टराईलगायत थिए।