सर्वोच्च अदालतले एनआरएनए एकता महाधिवेशन सम्बन्धी विवादलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।
मंगलबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले वैशाख २० देखि २३ गतेसम्म गर्न लागेको एनआरएनए महाधिवेशन विधान विपरित रहेको भन्दै यसलाई रोक्न माग राख्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले रिट दायर गरेका थिए।
वैशाख १२ गते केसीले रिट दायर गरेको भएपनि पटक पटक हेर्न नमिल्ने भन्दै पेसी सरेको थियो।
यही बिचमा वैशाख २० र २१ गते भएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन भइसकेका छन्।
अब यो मुद्दालाई निकास दिने गरी पूर्ण इजलासमा पेश गर्न लागिएको केसी पक्षका कानुन व्यवसायी तेजेन्द्र गिरीले सेतोपाटीलाई बताए। उनले पूर्ण इजलासले यो विवादको निर्क्यौल गर्ने उनले बताए।