ओमान सरकारले भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका आप्रवासी श्रमिकहरूका लागि आममाफी घोषणा गरेको छ।
तीन महिनाको समयसीमा भित्र आफ्नो देश फर्किए कुनै जरिवना तिर्न नपर्ने गरी ओमन सरकारले जरिवाना शुल्क माफ गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।
३१ जुलाई २०२५ सम्म यो योजना रहने छ। त्यसबेलासम्म आफ्नो देश फर्कनेले कुनै जरिवाना शुल्क तिर्नु नपर्ने हुँदा यो अवसरको लाभ लिन दूतावासले नेपालीहरूलाई पनि आग्रह गरेको हो।
'यो योजनाको लाभ लिन इच्छुक नेपाली नागरिक स्वयम्, साथीभाइ, दूतावासका स्वयमसेवक वा विभिन्न संघसंस्थाको सहयोग लिई प्रक्रिया पूरा गर्नुपर्नेछ,' विज्ञप्तिमा भनिएको छ।
ओमनमा कति संख्यामा नेपालीहरू गैरकानुनी हैसियतमा छन् भन्ने यकिन तथ्यांक छैन।