थाइल्याण्ड स्थित नेपाली दूतावासले प्रलोभनमा परी कम्बोडिया,लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नजान आग्रह गरेको छ।
आकर्षक रोजगारीको प्रलोभनमा पारी एक जना नेपाली नागरिकलाई लाओसको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएको दूतावासले जनाएको छ।
सो स्थानबाट भागी थाइल्याण्ड छिरेका ती नेपालीलाई थाइ सरकारी निकायको सहयोगमा नेपाल फर्काइएको पनि दूतावासले जनाएको छ।
'सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन विपरीत छिटो धेरै पैसा कमाउने हेतुले वैदेशिक रोजगारमा नजान दूतावास अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।