माल्टाको सडक दुर्घटनामा परी मृत्यु भएकी नेपाली युवतीको शव शनिबार काठमाडौं ल्याइने भएको छ।
जनवरी ६ मा दुर्घटनामा परेकी बर्दिबासकी गौरी कुमारी बरालको जनवरी ११ मा उपचारको क्रममा मृत्यु भएको थियो।
बरालको शवलाई बिहीबार माल्टाबाट पठाइने र शनिबार नेपाल ल्याइने एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।
जनवरी ६ मा दुर्घटना परेलगत्तै उपचारको लागि एम्बुलेन्समा लगिएको भए पनि टाउकोमा गहिरो चोट लागेको कारण बचाउन नसकिएको एनआरएनए माल्टाका अध्यक्ष खनालले जानकारी दिए।
२५ वर्षीय गौरी २ वर्षअघि माल्टा गएकी थिइन्।
गौरीसँगै सडक दुर्घटनामा घाइते भएकी अर्की युवतीको उपचार भइरहेको छ। ती युवतीको अवस्था सुधार हुँदै गएको खनालले बताए।