बोलिभियाले इसराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको छ।
गजाको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेपछि मंगलबार बोलिभियाले इसराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको बोलिभियाको सूचना एजेन्सी एबीआइलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
बोलिभियाका सहायक विदेशमन्त्री फ्रेडी मामनीले मंगलबार इसराइलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन्।
प्यालेस्टाइनी नागरिकहरूमाथि मानवताविरूद्धको अपराध गरेको भन्दै बोलिभियाले इसराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको हो।
बोलिभियाका राष्ट्रपति लुइस आर्कले बोलिभियाका लागि प्यालेस्टाइनका राजदूत महमुद एलालवानीसँगको भेटवार्तापछि बोलिभियाले सो निर्णय गरेको हो।
बोलिभियाले गजामा मानवीय सहायता लैजान तयारी समेत गरेको सिएनएनले उल्लेख गरेको छ।