ओमनको राजधानी मस्कटमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने विषयमा छलफल भएको छ।
अल फलाज होटलमा भएको कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भएका कामकारबाहीबारे जानकारी दिएका थिए।
भ्रमण वर्षको तयारी, भ्रमण वर्षको लक्ष्य र उद्धेश्यहरूको बारेमा उनले आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रममा नेपाली राजदूतावास मस्कटका शर्मिला पराजुली ढकालले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन खाडी क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहने बताइन्।
साथै उनले गैरआवासीय नेपाली संघसँग ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिइन्।