नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्राहलयका बीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। ओमानको राष्ट्रिय संग्रहालयमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्रहालय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले हस्ताक्षर गरे।
नेपाल र ओमानको राष्ट्रिय संग्रहालयका बीचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरिएको छ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल लगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम,राष्ट्रिय संग्रालय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।
ओमान स्थित विभिन्न देशका राजदूतहरु, कूटनितिक कर्मचारीहरु, विद्यार्थीहरु तथा अन्य सर्वसाधारणहरुको उपस्थितमा राष्ट्रिय संग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठले नेपालको राष्ट्रिय संग्रहालयको सम्बन्धमा प्रस्तुतीकरण समेत दिएका थिए।