ब्राजिलस्थित बेलो होरिजोन्टेमा जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सोमबार कार्लोस प्रतेस एयरपोर्टबाट जहाज टेकअफ भएको केहीबेरमा बेलो होरिजोन्टेको सडकमा दुर्घटना हुन पुगेको हो। उक्त क्षेत्र एयरपोर्टबाट २ किलोमिटर टाढा पर्छ।
जहाज सडकमा रहेको कारसँग ठोक्किन पुगेको थियो।
दुर्घटना भएपछि लगातार विस्फोट समेत भएको थियो। दुर्घटनापश्चात त्यस क्षेत्रमा दनदनी लागो लागेको थियो। त्यसको केहीबेरमा आगो निभाउन फायरफाइटर त्यहाँ पुगेका थिए।
फायरफाइटरका अनुसार प्लेन सडकमा दुर्घटना हुँदा एक पैदलयात्री, जहाजभित्रका एक जना र एक जना कारमा सवार व्यक्तिको मृत्यु भएको हो।
एक इन्जिन भएको उक्त जहाजमा ३ जना यात्रु र पाइलट भएको इन्डिपेन्डेन्टले जनाएको छ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन।