ओमनमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले 'परदेशमा घरदेश ' कार्यक्रम आयोजना गरेको छ।
लुलु कम्पनीमा एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गरिएको दूतावासले जनाएको छ।
विदेशी भूमिमा रहने हुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको राजदूत शर्मिला पराजुलीले जानकारी दिइन।
कार्यक्रममा दूतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवाबारे जानकारी गराएकी थिइन ।
कार्यक्रममा गायकद्वय श्री सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध सांगेतिक प्रस्तुति मार्फतउपस्थित श्रमिकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। ओमनमा राजदूतावासले नेपाली कामदारहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ।