टर्की र अमेरिका बीचको युद्धविराम पछि पनि उत्तरपूर्वी सिरियाको तेल अब्यादमा सिरियन कुर्दिस वाइपिजी सेनाले टर्किस सेनाको हत्या गरेका छन्।
गत शुक्रबार टर्कीले उत्तरी सिरियामा पाँच दिन युद्धविराम गर्न सहमत भएको थियो। तर, त्यसको विरूद्धमा कुर्द नेतृत्व सेनाले आइतबार आक्रमण गर्दा एक टर्किस सेना र अर्का एक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ।
अमेरिकाले केही दिनअघि कुर्दिस नेतृत्वको सेनालाई पछि हट्न सहज हुनेगरी युद्धविराम गरेको थियो।
टर्कीको राजधानी अङ्कारामा टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन र अमेरिकाका उपराष्ट्रपति माइक पेन्सबीच छलफल भएपछि युद्धविरामको निर्णय भएको थियो।
उक्त आक्रमणपछि त्यस क्षेत्रमा सुरक्षाका लागि आक्रमण गरेको टर्कीको सुरक्षा मन्त्रालयले जनाएको छ।
उत्तरपूर्वी सिरियाको तेल अब्यादमा सिरियन कुर्दिस वाइपिजी सेनाले