पश्चिमी अफगानिस्तानको सडक छेउमा बम विस्फोट हुँदा बसमा सवार बालबालिकासहित ३४ यात्रुको मृत्यु भएको छ।
फराह प्रान्तका वरिष्ठ अधिकारीका अनुसार विस्फोटमा परी राजमार्गमा यात्रा गरिरहेका १७ जना घाइते भएका छन्।
आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन।
अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ति वार्ताको प्रयास भइरहेको अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ।
विद्रोहीहरूले शान्ति वार्ताबाट ठूलो लाभ उठाउन आक्रमण बढाएको हुनसक्ने अफगान सुरक्षा विशेषज्ञहरू बताउँछन्। रोयटर्स