रुसको मस्कोको स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई चुनावमा बहिष्कार गरेको भन्दै आन्दोलनमा उत्रेका एक हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनमा आएकाहरूले निष्पक्ष चुनावको माग गर्दै आन्दोलनमा उत्रेका हुन्।
प्रतिबन्धित क्षेत्रमा गरिएको प्रदर्शनका कारण कम्तीमा पनि एक हजार ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिबार मस्कोको सिटीहल अगाडि भएको प्रदर्शनमा प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज समेत गरेको एजेन्सीले जनाएको छ।
सहरमा सुरक्षाको चुनौती बढ्दै गएपछि सो भिडलाई नियन्त्रणमा लिन पक्राउ गरिएको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताए।
सेप्टेम्बर ८ मा हुने चुनावमा केही उम्मेदवारलाई प्रतिबन्ध गरिएको थियो।
अधिकारीहरूले बताएअनुसार ३० जना उम्मेदवारहरूलाई हस्ताक्षर नपुगेको भन्दै चुनावमा सहभागी नगराएको हो।
विपक्षी नेता एलेक्सी नेभेल्नीले राष्ट्रपतिका आलोचकले बिनास्वीकृति आन्दोलन गरेको भन्दै उनलाई ३० दिनसम्म प्रहरी हिरासतमा राखिएको थियो।