अफगानिस्तानको काबुलमा बिहीबार भएको तीन भिन्नभिन्नै आत्मघाती बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ।
खनिज तथा पेट्रोलियम मन्त्रालयको बसलाई लक्षित आत्मघाती विस्फोटमा परी मन्त्रालयका पाँच कर्मचारीको मृत्यु भएको छ भने १० जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताए।
नसरातका अनुसार दोस्रो आक्रमणमा सातको मृत्यु र २० भन्दा बढी घाइते छन्।
‘पहिला एक मिनिबसमा बम विस्फोट भयो। त्यसपछि एक अत्मघाती बम विस्फोटक आफैं बस आक्रमण भएको स्थानमा पुग्यो। तेस्रो विस्फोट अज्ञात विद्रोहीले एक कार उडाएपछि भयो’, उनले भने।
एउटा विस्फोटको जिम्मेवारी तालिवान समूहले लिए पनि अन्य दुई घटनाको जिम्मेवारी कुनै आतङ्ककारी समूहले नलिएको सरकारका प्रवक्ता सेदिक सिद्दकीले बताए।
अमेरिकाको नेतृत्वमा तालिवान लडाकू समूहसँग शान्ति वार्ताको प्रयास भइरहेको अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ।
विद्रोहीहरूले शान्ति वार्ताबाट ठूलो लाभ उठाउन आक्रमण बढाएको अफगान सुरक्षा विशेषज्ञहरू बताउँछन्। रोयटर्स