एनआरएन हङकङको अध्यक्षमा राधिका गुरुङले फेरि उम्मेद्वारी दिएकी छिन्।
हङकङमा पत्रकार सम्मेलन गरेर उनले आफू फेरि एनआरएन हङकङको अध्यक्षको अध्यक्षमा उठ्न लागेको जानकारी दिइन।
यसअघि पनि उनी नै एनआरएन हङकङको अध्यक्ष हुन् ।
उनले ६ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मदेवारी घोषणा गरेकी छिन्। २ वर्षे कार्यकालमा बाँकी रहेका कामहरु पुरा गर्नका लागि फेरि उमेद्वारी दिएको उनले बताइन्। एनआरएनए हङकङको अधिवेशन जुलाई २८ तारिखमा हुँदैछ।