पाकिस्तानको रहिम यार खान जिल्लामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु र ७९ जना घाइते भएको छन्।
बिहीबार बिहान सो जिल्लामा क्वेत्ता बोउन्ड अक्बर एक्सप्रेसको रेल र मालवाहक रेल ठोक्किँदा दुर्घटना भएको हो।
‘ढिलो सिग्नल दिनुका कारण सो दुर्घटना हुन पुगेको हो’, रहिम यार खानका प्रमुख जिल्ला अधिकारीले बताए।
यात्रु बोकेको रेलले रोकिराखेको मालवाहक रेललाई चौबाटोमा ठक्कर दिएको हो।
घाइतेको उपचारका लागि रहिम यार खान र सदिकावादका अस्पतालहरूमा लगिएको छ।
उक्त दुर्घटनमा केही घाइतेको अवस्था गम्भीर रहेको र मृत्युको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
उद्धारका लागि त्यहाँको स्थानीयले क्रेन तथा फलाम काट्ने उपकरण प्रयोग गरेका एजेन्सीले जनाएको छ ।
रेलवे मन्त्री शिख रसिद अहमदले मृतक परिवारलाई १५ लाख र घाइतेलाई उपचारका लागि ५ लाख दिने घोषण गरेको छ।