पर्यटन वर्ष २०२० का लागि ओमनस्थित नेपाली दूतावासले अभियान सुरु गरेको छ। पहिलो चरणमा ओमनस्थित नेपाली दूतावासले खाडीमा रहेका महिलाहरुसँग छलफल सुरु गरेको हो।
भिजिट नेपाल २०२० मा खाडीबाट पर्यटक भित्र्याउनका लागि छलफल सुरु गरेको राजदुत शर्मिला पराजुली ढकालले जानकारी दिइन्।
कार्यक्रममा राजदुत ढकालले नेपालको पर्यटन प्रोत्साहनका लागि उनीहरुसँग आग्रह गरेकी थिइन्।
ओमनको सडकमा नेपालको पर्यटन झल्काउने होडिङ बोर्ड राख्ने, स्थानीय सवारी साधनमा विज्ञापन राख्ने, ओमनका नागरिकहरुलाई कसरी नेपालमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
साथै नेपालमा आउनका लागि ओमनमा भएका होलिडेज कम्पनीहरुसँग समन्वय गरेर प्याकेज बनाउने विषयमा पनि छलफल भएको राजदुत ढकालले बताइन्।
कार्यक्रममा सगरमाथा चढ्ने ओमनी नागरीक नादिरा अल हरथीलाई प्रंशसापत्रसमेत प्रदान गरेकी थिइन्। पर्यटन वर्ष २०२० सफल पार्नका लागि अन्य पक्षहरुसँग पनि छलफल अघि बढाइने राजदूतावासले जनाएको छ।