भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।
किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुवाहक बस खोंचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए।
केशवनबाट आइरहेको यात्रुवाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोंचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताए।
घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । (रासस-एएनआई)