विश्वको सर्वोच्च सगरमाथामा पहिलो पटक पाइला टेक्ने ओमानी महिलाले पाइला टेकेकी छिन्।
नादिरा अल हार्थी नाम गरेकी महिलाले ओमनको तर्फबाट पहिलो पटक पाइला राखेकी हुन् ।
सगरमाथा आरोहण गरेर उनी स्वदेश फर्किएकी छिन्। उनलाई मस्कट विमानस्थलमा ओमनस्थित नेपाली राजदुत शर्मिला पराजुलीले स्वागत गरिन्।
हार्थिलाइ राजदुत पराजुलीले नेपाली ढाका टोपी र नेपाली ढाका खाष्टो ओडाएर सम्मान गरेकी थिइन्। नेपालमा रहेको सगरमाथा हार्थीले आरोहण गरेपछि राजदुत पराजुलीले ओमनमा महिलाहरु पनि उनको काममबाट आकर्षित हुनुपर्ने बताइन्।