इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ।
सिन्ह्वा समाचार समितिअनुसार यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको छ।
खोजी र उद्धार कार्य जारी रहेको युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यालयका प्रवक्ताले जानकारी दिए।
स्थानीय समयानुसार साँझ शनिबार छ बजे आएको यस बाढी परी अझै पनि कैयौं व्यक्ति बेपत्ता रहेका छन्। बाढीबाट प्रभावित भएकाहरूमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ।
बाढीले दर्जनौं घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको बताइएको छ। घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन्। (रासस/सिन्ह्वा)