इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एयरलाइन्सको बोइङ ७२७ म्याक्स विमानको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि युरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले जानकारी दिएका छन्।
उनले सोबारे बुधबार जानकारी दिएका हुन्।
आइतबार चालक दलका सदस्यसहित १५७ जना लिएर उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो। विमानमा विभिन्न ३५ देशका यात्रुहरू रहेको कम्पनीले जानकारी गराएको छ।
प्रवक्ता असरत वेगासाले भने, ‘हामीले ब्ल्याक बक्सको विश्लेषणका लागि युरोप पठाउने निर्णय गरेका छौं। तर कुन देशमा पठाउने भन्ने विषयमा सम्बन्धित देशको अनुमतिपश्चात सार्वजनिक गरिनेछ। हामीले अहिलेसम्म यही देश पठाउने भन्ने अझै टुंगो लागेको छैन।’
यस पहिले विमान कम्पनीले ब्ल्याक बक्स अध्ययनका लागि आफूहरूसँग सामग्री नभएको बताएको थियो। (रासस/एएफपी)