मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का सहरमा एउटा रात्री क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तीमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
त्यसैगरी मोन्टेरे सहरमा लागुऔषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शंकास्पद लागुऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ। (रासस/सिन्ह्वा)