इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन्।
उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरूलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका छन्। जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेखेका छन्।
उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरू र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले अहिले किन राजीनामा दिएका हुन् ? भन्ने बारेमा केही जानकारी दिइएको छैन।
विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए। (रासस/सिन्ह्वा)