ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किँदा बेपत्ता भएका व्यक्तिका थप शवहरू फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको छ।
अझै पनि उक्त दुर्घटनामा परेका १५५ व्यक्ति बेपत्ता रहेका नागरिक प्रतिरक्षा विभागले बुधबार जानकारी दिएको छ। सुरूमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो।
बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १६६ पुगेको र अझै पनि १५५ बेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन्। यस घटनामा परी मारिएकामध्ये १६० जनाको परिचय खुलेको बताइएको छ।
सुरूमा यस घटनामा फसेका करिब १९२ जनालाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताएका थिए। बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस सहरका हजारौंको सङ्ख्यामा सर्वसाधारण प्रभावित भएका थिए।
बाँध भत्किएको यस इलाकामा ३२७ अग्नि नियन्त्रक र उद्धारकर्ताले ४३ ओटा भीषण मेशिनको प्रयोग गर्दै अझै पनि लगातार उद्धारकार्यमा जारी राखेका बताइएको छ।
उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताए। यहाँको एक ठूलो बाँध फुटेर एक्कासी सहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो। (रासस/सिन्हवा)