क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ८० जनालाई सशस्त्र समूहले अपहरण गरेको छ । अपहरणमा पर्नेमा अधिकाशं विद्यार्थी हरेका छन्। स्कूलका प्रचार्य, एक शिक्षकसहित बसका चालक पनि सो अपहरणमा परेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
विद्यालयको छात्रवासमा बस्ने गरेका ती बालबालिकालाई राति सुतिरहको अवस्थामा अपहरण गरेको जनाइएको छ ।
बामेन्दा इलामा रहेको यस प्रस्बाइटेरिआन निम्न माध्यामिक विद्यालयमा प्रवेशद्धारमा सुरक्षाको लागि खटिएका गार्डलाई जबरजस्ती हटाएर केही व्यक्तिहरु विद्यालयमा प्रवेश गरी सुतिरहेका बालबालिकालाई अपहरण गरेको बताइएको छ ।
सशस्त्र आएका यी व्यक्तिहरुले ती बालबालिका र प्रधानाध्यापकसहित अन्य तीन व्यक्तिलाई पनि अपरहण गरेका थिए । यस अपहरणपछि प्रहरी र सैनिक अधिकारीहरुले अपहरित व्यक्तिको खोजी भइरहेको बताएका छन् ।
अङ्ग्रेजीभाषी यी पृथकतावादी लडाकूहरुले क्यामरुनबाट अलग हुन पाउनुपर्ने माग राखेर संघर्ष गरिरहेका छन् । यी अपहरणकारीहरु ती बालबालिकालाई प्राय अशान्त भइरहने क्यामरुनको उत्तर र दक्षिणपश्चिमी क्षेत्रमा लगेको हुनसक्ने आशङ्का गरिएको छ ।