सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ।
सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आइएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले लेखेको छ।
सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ ।
रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सलाई सघाएको थियो । (रासस/सिन्ह्वा)