श्रीलंकामा गहिरिँदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गरेका छन्।
सभामुख कारु जयसूर्याले सोमबार संसदमार्फत् अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिएका हुन्।
संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उनको भनाइ छ ।
गत शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले एकाएक एउटा प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिक सङ्कट सुरू भएको हो ।
उनले बाहलवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई हटाएर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
राष्ट्रपतिले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे पनि सभामुख जयसूर्याले पुरानै प्रधानमन्त्रीलाई मान्यता दिएका छन्। उनले नयाँ प्रधानमन्त्रीको नियुक्ति नमिलेको तर्क गरेका छन्।
संसद बैठक तत्काल बोलाएर संसदमा जसले बहुमत पुर्याउँछ, त्यसैलाई प्रधानमन्त्री मान्नुपर्ने उनको भनाइ छ।
श्रीलङ्कमा अहिले प्रधानमन्त्रीबाट अपदस्त गरिएका विक्रमासिङ्घे र नयाँ नियुक्त गरिएका राजापाक्षे दुवैले आफु नै प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन्।(रासस/सिन्ह्वा)