इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ।
इन्डोनेसियाका सरकारी अधिकारीले सो कुराको जानकारी दिएका हुन्।
भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरू भत्किएका र तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए।
इन्डोनेसियाको पालु सहरमा गत सेप्टेम्बर २८ मा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ।
साथै सो भूकम्पमा परी अरु करिब पाँच हजार मानिस हराएका बताइएको छ । (रासस/एएफपी)