प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौं मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तिको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे।
पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर र बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो। घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए।(रासस/सिन्ह्वा)