करिब १२ दिनदेखि थाइल्याण्डको एक गुफामा फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकलाई उद्धार गर्न खटिएका एकको मृत्यु भएको छ।
चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौसेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको बताइएको छ।
अक्सिजनको अभावमा उनको मृत्यु भएको बताइएको छ।
३८ वर्षीय उनी गुफामा फसेका व्यक्तिहरूलाई सामान पुर्याएर फर्किनेक्रममा बेहोस भएको र त्यसपछि उनलाई बचाउन नसकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएको छ।
उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए।
बिबिसीबाट