मलेसियामा समाजसेवा गर्ने उद्धेश्यले गठन भएको बुद्धिजिवी तथा परोपकारी समाजले पूर्णता पाएको छ।
केही समय अध्यक्ष र उपाध्यक्ष मात्र छनोट गरी गठन भएको समाजमा आइतबार थप पदाधिकारी चयन भएसँगै पूर्णता पाएको हो।
समाजको अध्यक्षमा शंकर प्रसाद आचार्य र उपाध्यक्षमा श्याम कार्की यसअघि नै निर्विरोध चयन भएका थिए।
त्यस्तै, आइतबार महासचिवमा अरूण गिरी, कोषाध्यक्षमा रोशनी न्यौपाने, सदस्यमा हरिप्रसाद कोइराला, महिला सदस्यमा शुष्मा डंगोल चयन भएका छन् ।
यसैगरी, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, जनप्रगतिशील मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीलाई सल्लाहकारमा नियुक्त गरेको छ।
समाजमा मलेसियामा रहेका विभिन्न क्षेत्रका बौद्धिक नेपालीहरुलाई आबद्ध गरिने समाजका अध्यक्ष आचार्यले बताए। उनका अनुसार समाजले अन्य सदस्यहरु पनि चयन गर्दै जाने र समाजलाई थप प्रभावकारी बनाउने बताए।
समाजको उद्धेश्यबारे बताउँदै उपाध्यक्ष कार्कीले समाजले मलेसियाका जेलमा रहेका तथा विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग र उद्धार गर्ने जनाए। ‘यो विशुद्ध सामाजिक संस्था हो। हाम्रो समाज समग्रमा नेपालीकै हित र अधिकार तथा सहयोगका लागि स्थापना भएको हो। समाजलाई यसको उद्धेश्यमा सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौ, कार्कीले भने।