आफ्नो देशको आइडी लिने भन्दा नागरिकता त्यागेर अन्य मुलुकको नागरिकता लिने कोरियनको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ। बिगत दश वर्षको अवधिमा आफ्नो देशको नागरिकता त्याग्ने कोरियन को संख्या २ लाख २३ हजार १ सय ११ पुगेको छ।
आईओएम माइग्रेसन ट्रेनिङ्ग रिसर्च सेन्टरले सार्वजानिक गरेको तथ्यांक अनुसार सन् २००७ देखि सन् २०१६ को अबधिमा ब नागरिकता त्यागेर अमेरिकी आइडी लिने कोरियनको संख्या सवैभन्दा बढि छ। सो अवधीमा ९४ हजार सय ८ जनाले अमेरिकी नागरिकता लिएका छन् भने ५८ हजार ८ सय ७० जनाले जापानी नागरिकता लिएका छन्। त्यस्तै कोरियन नागरिकता त्यागेर क्यानेडियन बन्नेको संख्या ३२ हजार सात सय ३२ रहेको छ।
यसैगरी दश वर्षको अवधिमा १ लाख ५३ हजार २ सय ५७ जना विदेशीले कोरियन नागरिकता लिएका छन्। जसमा सवैभन्दा बढि चिनियाँ नागरिक छन्। ७० हजार १ सय १८ जना चिनियाँले कोरियन नागरिकता लिएका छन्। चिनियाँ पछि भियतनामी को संख्या कोरियन नागरिकता पाउनेमा दोश्रो स्थानमा छ।
कोरियामा एकतातिर स्वदेशी नागरिकता त्यागेर विदेशिनेको संख्या बढ्दै गरिरहेको छ भने अर्को तिर जन्मदरले पनि कम हुदै गएको छ। यहि अबस्था रहने हो भने सन् २०३० पछी कोरियाको जनशक्ति घट्न सक्ने बिज्ञहरुले आकलन गर्दै आइरहेका छन्। सरकारले जन्म दर बृद्वी गर्न प्रोत्साहन गर्ने भन्दै श्रमिक वर्गहरुलाई तलबी बिदा लगाएतका सुविधामा थप गर्ने बताउदै आएको छ।