कोरियाली बिसेष चाड चुसकको अबसर पारेर यहाँ रहेका बिभिन्न संघ संस्थाले आयोजना गरेका बिबिध सांगीतिक कार्यक्रमहरु सम्पन्न भएका छन्l यसपटकको लामो बिदालाई सदुपयोग गर्दै राजधानी सोलमा जम्मा भएका नेपाली हरु नेपाल बाट आएका कलाकारहरुको साथमा झुमेर भरपुर मनोरंजन लिएका हुन्l
बिभिन्न संस्थाको आयोजनामा यहाँ रहेका नेपाली हरुलाई सांगीतिक माहोल प्रदान गर्न कोरिया आएका करिब ३ दर्जन कलाकार हरुले राजधानी सोललाइ पूर्णतया नेपाली संगीतमय बनाएका छन्l
अक्टोबर ३ तारिख किरात याक्थुंग चुम्लुंङ दक्षिण कोरियाले आयोजना गरेको सिरिजङ्गा सांगीतिक सौगात भाग -३ मा दर्शक हरुको घुइचो उत्तिकै देखिन्थ्यो नेपाल आइडलकी गायिका प्रमिला राइ, हाँस्यकलाकार बुद्दी तामांग, हट गायिका तथा मोडेल ज्योति मगर, हट डान्सर चन्दा दाहाल,आधुनिक गायक कुशल थालङ, भर्साटाइल गयक राजन राज शिवाकोटीका साथै स्थानीय कलाकार हरुले भरपुर मनोरंजन प्रदान गरेका थिएl अपेक्षाकृत रुपामा कार्यक्रम सफल भएको आयोजकको दाबि छl
त्यसैगरी सोहि दीनमै नेपकोरले आयोजना गरेको रबिन एण्ड न्यु रिभुलुसन तथा मन्त्र ब्याण्डमा पनि उपस्थित दर्शक हरु पूर्णतया पप सांगीतिक माहोलमा झुमेको देखिन्थ्योl पहिलो पटक सांगीतिक कार्यक्रमको आयोजना गरेको ले अपेक्षाकृत रुपमा दर्शकको उपस्थित नभएपनि कार्यक्रम समग्रमा कार्यक्रम सफल रहेको आयोजकले बताएको छl
अक्टोबर ४ तारिख सोलको ओलम्पिक हलमा कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टको माहोल पनि त्यतिकै टालेको देखिन्थ्योl नेपथ्य ब्याण्डका एकल गायक अमृत गुरुङ स्टेजमा आउदा उपश्थित दर्शको माहोल थाम्न आयोजक लाइ हम्मे हम्मे परेको थियोl गुरुङले प्रबासमा बस्दाको दुख पीडालाई समेटिएको गीत बाट आफ्नो प्रस्तुति शुरु गरेका थिए l झन्डै २ घन्टाको उनको प्रस्तुतिमा उपस्थित दर्शक हरु संगै गाउदा, नाच्दा कार्यक्रम स्थलमा बेग्लै किसिमको सांगेतिक माहोल उत्पन्न भएको देखिन्थ्योl
यद्धपि कार्यक्रम हल को क्षमता अनुसार दर्शकको उपस्थिति नरहे पनि समग्रमा कार्यक्रम सफल रहेको आयोजकको दबि छl आयोजकले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद समेत प्रकट गरेको छl
त्यस्तै अक्टोबर ५ तारिखमा अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले आयोजना गरेको सुपादेउराली सांगीतिक सौगात भाग -१ मा दर्शको घुइचो पनि उत्तिकै देख्न सकिन्थ्योl नेपाल आइडल को कन्टेक्सन नम्बर ४ बाट बाहिरिएका युवा गायक सागर आले स्टेजमा देखा पर्दा दर्शक थाम्न स्वम् सेवक लाइ समेत मुस्किल परेको थियोl उनको दमदार प्रस्तुतिमा दर्शक हरु झुमिरहदा एउटा छुट्टै किसिमको सांगीतिक माहोल शृजना भएको थियोl
त्यसैगरी अर्का नेपाल आइडलका छैठौ कन्टेक्सन सुरज थापाले गायक झलकमान गर्न्धर्वले गाएको प्रदेशीको पीडालाई समेटेको गीत "आमाले सोध्लिन खै छोरा भन्लिन" गाइरहदा दर्शक हरु भने निकै भाबुक मुद्रामा देखिन्थेl
लोक गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका कलाकार हरु रामजी खांड ,सम्झना लामिछाने मगरले पनि दर्शकालाई भरपुर रुपामा नचाएको देखिन्थ्यो l सांगितिक सौगातमा हास्य कलाकार दिनेस काफ्ले डान्सर रश्मी तामाङ लगायत स्थानीय कलाकार हरुले आफ्नो प्रस्तुति पस्केका थिए।
उत्साहजन रुपमा दर्शकको उपश्थिले कार्यक्रम अपेक्षाकृत रुपमा सफल भएको आयोजक टिम अर्घाखाँची सम्पर्क मंचले बताएको छl मंचका अध्य्क्ष दिनमणि पौडेलले कार्यक्रमलाइ अपेक्षाकृत रुपमा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण संघ संस्था ,ब्याबसायी ,बुद्दिजीवी ,पत्रकार श्रमिक वर्ग हरु प्रति धन्यवाद प्रकट समेत गरेका छन्l
कोरियामा दुख पिडा बिर्साउने तथा लामो बिदा हुने चाड चुसकमा टाढा टाढा बाट आएका नेपाली हरु राजधानी सोलको दोंग्देमुनमा भेला हुने गर्दछनl बिसेष गरि नेपाली संघ संस्थाले आयोजना गरेका विभिन्न संस्कृतिक कार्यक्रममा नेपाल बाट आएका कलाकार हरु संग संगै रमाउन पाउदा केहि समयलाई भएपनि आफुलाई नेपालमै भएको आभास हुने अधिकांस नेपाली हरु बताउछनl