गैर आवासीय नेपाली संघ एन आर एन कोरियाको अधिवेशन नजिकिदै गर्दा अध्यक्षका लागि २ महिलासहित ६ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्।
गत आइताबार नेपाल पत्रकार महासंघ कोरिया शाखाले आयोजना गरेको ‘एनआरएन कोरिया र अबको नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित अध्यक्षका प्रत्यासी उम्मेद्वारले आफूहरू चुनावी मैदानबाट पछि नहट्ने बताएपछि ६ जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
चुनावी मैदानमा उत्रिएका उम्मेद्वार मध्ये हाल उपाध्यक्ष पदमा रहेकी लक्ष्मी गुरूङ कोरियामा निकै प्रभावशाली मानिन्छिन्। नेपाली श्रमिकबीच लोकप्रिय बनेकी गुरूङले मानसिक तनाबमा परेका श्रमिकलाई विभिन्न खाले परामर्श दिने, उपचारको लागि अस्पतालसम्म पुर्याउने आदि कारण उनी अरूको तुलनामा केही बढी श्रमिक वर्गमा नजिक मानिन्छन्।
त्यस्तै अर्का प्रत्यासी महिला उम्मेद्वार जुनु गूरुङ पनि श्रमिक वर्गकै नजिकको मानिन्छन्। महिलाको लागि महिला संस्थाबाट आफूलाई चिनाएकी गुरुङले कोरियाको मानार्थ नागरिकतासमेत हासिल गरेकी छन्। हाल उनी एन आर एन कोरियाको उपाध्यक्ष हुन्।
त्यस्तै हाल एनआरएन कोरियाको बरिष्ट उपाध्यक्ष पदमा रहेका अर्का उम्मेद्वार ओम जुकजाली पनि कोरियामा प्रभाशाली मानिन्छन्। उनले एन आर एन कोरियालाई चुस्त र पारदर्शी बनाउने आफूसँग एथेस्ट भिजन रहेको भन्दै चुनावी मैदानबाट पछि नहट्ने बताए।
यसभन्दा पहिलाको अधिबेशनमा अध्यक्ष दाबेदारको रुपामा आफूलाई खडा गरि अन्तिम घडीमा उमेद्वारी फिर्ता लिएका लोचन राई यो पटक आफूले बाजी मर्नेमा धुक्क रहेको बताउँछन्। कोरियाको अर्को ठूलो संस्था नेपाली सम्पर्क समितिको अध्यक्ष रहीसकेका राई एनआरएन कोरियाका पूर्व उपाध्यक्ष पनि हुन्।
त्यसैगरी अर्का प्रत्यासी उमेद्वार रविन तामाङ यसभन्दा पहिला एनआर एन अधिबेशनमा झिनो मतले पराजित ब्याक्तित्व हुन्। यद्यपी यसपटक पनि आफूलाई अध्यक्षको दाबेदारको रुपमा खडा गरेको भए पनि प्रचारमा भने त्यति धेरै बाहिर आएका छैनन्।
अर्का प्रत्यासी उमेद्वार बुद्धि गुरूङ पनि कोरियामा निकै प्रभाशाली ब्याक्तित्व मानिन्छन्। इपिएस कामदारसँग नजिक रहेको मानिने गुरूङ पनि आफू एन आर एन कोरियाको चुनावी मैदानबाट पछाडि नहट्ने अडानमा छन्।
आउँदो सेक्टेम्बर ९ र १० तारिखका हुने एन आर एन कोरियाको अधिवेशनमा पत्रकारहरु पनि चुनाबी मैदानमा उत्रिएका छन्। पत्रकार महासंघ कोरिया साखाका अध्यक्ष्य खेम कार्कीले एन आर एन आइसीसी प्रतिनिधिमा आफ्नो उमेद्वारी दिएका छन् भने पार्सद सदस्य राजु थापाले महासचिव तथा सदस्य नेत्र पौडेलले सचिव पदको लागि आफ्नो उमेद्वारी दिएका छन्।