उनी हिजो जे थिए आज पनि त्यही छन्
चरित्र त तिमीहरुको फेरिएको हो
नैतिकता त तिमीहरुको स्खलित भएको हो
हो सत्ताभोगी नेतागण खराब उनी होइनन् तिमी हौ।
हिजो उनले लोकमानका विरुद्ध धावा बोले
उनी एमाले/माओवादी ठहरिए
उनी सुशीला कार्कीको पक्षमा उभिए
कट्टर कम्न्युस्ट (एमाले) मा दरिए
आज फेरि मार्सीको उन्मात विरूद्ध जेहाद छेड्दा
उनी कट्टर कांग्रेस र विवेकशील ठहरिए
गोपाल पराजुलीलाई औला ठड्याउँदा
फेरि एकचोटी झोले राजनीतिज्ञ कहलिए।
बस् उनी फेरिएका छैनन्
मात्र तिमीहरुको चेतना खस्केको हो
तिमीहरु त आफ्नो कुकर्म छोप्न कहिले
सत्तापक्ष त कहिले प्रतिपक्षको बिल्ला भिराइदियौ
तर उनी सदा जनाक्षीय भइरहे।
नेता प्राय धुर्त छन् यहाँ अनि जनता मुर्ख छन्
त्यसैले त उनले आफ्नै लागि गरेको सत्याग्रहले
धेरै जनतालाई खासै छोएको छैन
लाशको राजनीति गरिआएका धेरै
नेतालाई त एउटा लाश थापिदैमा के फरक पर्छ र?
त्यसैले उनी मरे यिनीहरुलाई त हाइसन्चो हुन्छ।
त्यसैले हे जनता हो जाग ढिलो भैसक्यो
डा. केसी न कम्न्यूष्ट हुन् न त कांग्रेस नै
उनी त तिमी हामी जस्तै ‘हुँदा खाने’ का लागि
मानवको स्वरुप धारण गरि आएका साक्षात भगवान हुन्
नत्र आफ्नै ज्यानफाली अरुको लागि को लड्छ यो कलिमा?
धेरै ढिलो भइसक्यो फेरि एकचोटी जाग
उठ आँखामा पट्टि बाँधेर लाशको राजनीति गर्नेहरुलाई
घच्घच्याउन उठ,
उठ जनतामारा चिकित्सा विधेयकको विरुद्धमा उठ
किनकि यसले हानी गर्ने त तिमी हामीलाई नै हो
स्विस बैंकमा पैसा भएका र जनताको पसिना
चुस्न पल्केकालाई त विदेश छदैछ
उठ डा. केसीका लागि होइन आफ्नै लागि उठ।।
-
गाछ्न विश्वविध्यालय, दक्षिण कोरिया