दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गून्हेलाई भ्रष्टाचारको अभियोगमा दोषि ठहर गर्दै अदालतले २४ वर्षको जेल सजाय सुनाइएको छ।
शुक्रबार सउल केन्द्रीय जिल्ला अदालतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा ६६ वर्षीय पूर्वराष्ट्रपति पार्कलाई उक्त जेल सजाय सुनाएको हो।
अदालतले पार्कमाथि लागेका १८ मध्ये घुषखोरी, शक्तिको दुरुपयोग, राज्यको गोप्य सूचना चुहावट लगायत सोह् वटा अभियोगमा दोषी ठहर गरेको छ।
अदालतले पार्कलाई १८ बिलियन वोन अर्थात १ करोड ६८ लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ। व्यापक भ्रष्टाचार गरेको अभियोगमा पार्कलाई २०१७ को मार्चमा हिरासतमा लिइएको थियो ।
सुक्रबार प्रत्यक्ष प्रसारण मार्फत पार्कमाथिको फैसला सुनाइएको छ । यद्यपी अदालती फैसलामा भने पार्क भने अदालतमा उपस्थित भएकी थिइनन्। उनले अदालत पूर्वाग्राही भएको भन्दै सुनुवाई बहिस्कार गर्दै आएकी छन्। आफुमाथि लागेका सवै आरोप समेत अस्वीका गर्दै आएकी छिन्।
दक्षिण कोरियामा भ्रष्ट्राचार तथा पदको दुरुपयोग गरेको आरोपमा जेल सजाय पाउने पुर्व राष्ट्रपति मध्ये उनी तेस्रो हुन्।