कोरियन बालबालिका तथा युवा वर्गहरुमा डिप्रेशन दिनप्रतिदिन बढदो अध्ययनले देखाएको छ। बढदो डिप्रेसनकै कारण आत्महत्या गर्नेहरुको संख्या पनि बढीरहेको अध्ययनले देखाएको छ। कोरियास्थित शिक्षा मन्त्रालयले बुधवार प्रकाशित गरेको अध्ययन तथ्यांक अनुसार २०१७ मा मात्र प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहमा अध्यनरत १ सय १४ जना
विद्यार्थीले आत्महत्या गरेका छन्।
अध्ययन अनुसार सो संख्या २०१६ को भन्दा केहि बढी हो। सन् २०१६ मा १ सय ८ जना युवाहरुहरुले आत्महत्या गरेका थिए। सोहि अध्ययनले बताए अनुसार सन २०१५ मा यो संख्या ९३ मात्र थियो। आत्महत्या गर्नेमा सबैभन्दा धेरै हाइस्कूल तहका बिधार्थी रहेको बताइएको छ। सबैभन्दा कम आत्महत्या गर्नेहरु प्राथमिक तहका बिद्धार्थीहरु रहेका छन। आत्महत्या गर्ने महिलाको संख्या ५० छ भने आत्महत्या गर्ने पुरुषको संख्या ६४ छ।
त्यस्तै कोरियाको ख्यांगी क्षेत्रमा सबैभन्दा धेरै ले आत्महत्या गरेको रिपोर्टले जनाएको छ। कोरियाको राजधानी सोल दोश्रो नम्वरमा छ। बुसान, थेगु क्षेत्रमा पनि आत्महत्याका घटना भएका छन्। अधिकांस आत्महत्याका घटना नया सेमिस्टर शुरु हुने महिना सेक्टेम्बर र मार्चमा भएको पनि तथ्यांकमा उल्लेख छ। आत्महत्याको मुख्य कारण घरायसी समस्या ३५ प्रतिशत छ भने डिप्रेशन १८.३ प्रतिशत छ। त्यस्तै १२.१ प्रतिशत आत्महत्याका घटना परिक्षामा राम्रो अंक ल्याउन नसक्नु रहेको छ।