उत्तर कोरियाको भ्रमणमा रहेका दक्षिण कोरियाका राष्ट्रपति मुन–जे इनका विशेष दूत जङ वीइ योङ को टोलीलाई उत्तर कोरियालि नेता किम जोङ उनले भेटेका छन्।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा कार्यालयका प्रमूख जङ वीइ योङ नेतृत्वको टोली सोमबार अपरान्ह सिधा उडान मार्फत प्योङयाङ पुगेको थियो।
दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार उत्तर कोरियाली नेता किमले स्थानीय समय अनुसार साँझ ६ बजे आयोजना गरेको एउटा डिनर पार्टीमा उक्त टोलीलाई भेटेका हुन्।
योङ नेतृत्वको टोलीमा राष्ट्रिय गुप्तचर निकायका प्रमूख सुह हून, एकीकरण मामलाका उप मन्त्री छङ ह्ये सङ, राष्ट्रपति कार्यालयका अधिकारी किम सङ ग्यून रहेका छन्।
आफ्ना पिता किम जोङ इलको मृत्यु पश्चात सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेका नेता किम जोङ उनले ७ वर्षको अवधिमा कुनै पनि दक्षिण कोरियाली सरकारी अधिकारिलाई प्रत्क्षय भेटेका थिएनन्।
त्यसो त उनको कुनै पनि देशको सरकारी उच्च अधिकारीसँग भेट बिरलै हुने गर्छ। उनले सत्ता सम्हालेको ७ वर्षको अवधिमा सिरिया, चीन तथा क्युवाका उच्च अधिकारीलाई मात्र प्योङयाङमा भेट दिएका छन्।
सोमबार प्योङयाङमा भएको उच्चस्तरीय भेटलाई दक्षिण कोरियामा भर्खरै सम्पन्न शितकालिन फ्याङछाङ ओलम्पिकमा उत्तर कोरियाले उत्साहजनक सहभागिताको नतिजाको रुपमा लिइएको छ।
फ्रेबुअरी ९ देखि २५ मा सम्पन्न ओलम्पिक गेममा उत्तर कोरियाले सहभागितासँगै उद्घाटन र समापन समारोहमा उत्तर कोरियाबाट उच्चस्तरीय भेटवार्ता समेत भएको थियो।
उद्घाटन समारोहमा सउल आएकी उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले यहाँका राष्ट्रपति मूनसहित उच्च अधिकारीलाई भेट गर्दै राष्ट्रपति मून प्योङयाङ भ्रमणको निम्तो दिएकी थिइन्।
ओलम्पिक गेमपछि बाक्लिदै गएको दुई कोरियाबीचको भेटवार्ताले कोरियाली प्रायद्धिपको शान्ति र स्थायीत्व तथा तनाब अन्त्य हुने आशा गरिएको छ।