कोरियनहरू बढ्दो विकास तथा आधुनिक सभ्यतासँगै विदेशी कामदारप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेको तथ्य सार्वजनिक भएको छ।
द ओभरसिज कोरियन फाउन्डेसनले गरेको एक सर्वेक्षण अनुसार बिगत चार वर्ष पहिलेको तुलनामा पछिल्लो समय उनीहरूले विदेशी कामदारलाई कोरियन समाजको सदस्यको रुपमा नहेर्ने गरेको पाइएको छ।
फाउन्डेसनले गत जुलाई ३१ देखि अगस्ट २५ सम्म ८२० जना कोरियानसँग गरेको एक अध्यनमा ६१.१ प्रतिशतले बिदेशी कामदारलाई कोरियन समाजको सदस्यको रुपमा स्वीकार्न नसक्ने बताएका थिए। फाउन्डेसनले देशका ठूला ७ वटा सहरमा सो सर्वेक्षण गरेको थियो। सन् २०१३ मा भने ३.६ प्रतिशतले मात्र स्वीकार्न नसक्ने बताएका थिए।
त्यसैगरी ५७ प्रतिशतले बिदेशी कामदार लामो समय कोरिया बस्नु वा नबस्नुमा आफूलाई कुनै चासो नरहेको बताएका थिए। १३.४ प्रतिशतले बिदेशी कामदार लामो समयसम्म कोरिया बसेको स्वीकार्य नहुने बताएका थिए। त्यस्तै २९ प्रतिशतले उनीहरु कस्तो देशबाट आएका हुन् भन्ने कुराले निर्धारण गर्ने बताएका थिए।
त्यस्तै ३४ .३ प्रतिशतले आफूहरु विदेशीसँग बिहे गर्न मन पराउने बताएका थिए भने ६५.७ प्रतिशतले बिदेशी मन नपर्ने बताएका थिए। उनीहरुले विशेष गरि नर्थ अमेरिका ,यूरोप , ल्याटिन अमेरिका ,जापान रसिया ,चीनलगाएतका देशका नागरिकसँग बिहे गर्न मन पराउने तथा मध्य पूर्वी एसियन तथा अफ्रिकनसँग बिहेको लागि राजि हुन नसक्ने पनि बताएका थिए।