उत्तर कोरियाले लामो दुरीको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको १ साता नबित्दै दक्षिण कोरियाले सबैभन्दा ठूलो संयुक्त हवाई सैन्य अभ्यास सुरु गरेको छ।
६ वटा लडाकु बिमानसहित २३० जना बायुसेनाको टोलीले राजधानी सियोल आसपासमा संयुक्त सैन्य अभ्यास गरिरहेको कोरियाली संचार माध्यमले जनाएका छन्। अभ्यासमा अत्याधुनिक लडाकु बिमान F-15K, KF-16 र FA-50 को प्रयोग गरिएको छ।
उक्त सैन्य अभ्यासको हजारौ स्थल सेनाहरुले निगरानी गरिरहेका छन्। दक्षिण कोरियाली इतिहासमा यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ।
सैन्य अभ्यास दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका तथा उत्तर कोरियाको विरुद्व शक्ति प्रदर्शनको लागि गरिएको बताइएको छ।
उत्तर कोरियाले भने यो हवाई सैन्य अभ्यास आफूहरूको लागि थप उत्तेजित खेल भन्दै कडा शब्दमा भर्सना गरेको छ।