दक्षिण कोरियाले सन् २०१७ मा मात्रै १३ हजार २ सय ५५ जना अवैध कामदार पक्राउ गरि फिर्ता गरेको छ। यहाँको न्याय मन्त्रालयले बुधबार जनाए अनुसार गत मार्चदेखि नोभेम्बरसम्म यती संख्यामा विदेशी कामदार पक्राउ गरी स्वदेश फर्काएको हो।
सो अबधिमा अबैध कामदार राख्ने २ हजार ५ सय ४९ कोरियन रोजगारदाता समेत पक्राउ परेका छन्।
सरकारले गत मार्च ६ तारिख , मे १५ ,सेक्टेम्बर ४ तथा नोभेम्बेर १७ तारिख गरि जम्मा ४ पटक ब्यापक धरपकड गरेको थियो। उक्त धरपकडको लागि न्याय मन्त्रलाय, श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सुरक्षा अधिकारिसमेत गरि जम्मा ६५८ जना सरकारी कर्मचारी खटाएको थियो।
पक्राउ गरिएका अवैध बिदेशी कामदारलाई उनीहरुको देश फिर्ता गरिएको छ भने रोजागार दातालाई २ करोड कोरियन वन अर्थात १८ हजार ३ सय ७० अमेरिकी डलरसम्म जरिमाना गरिएको छ।
यसरी पक्राउ पर्नेमा सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा काम गर्ने ६१.१ प्रतिशत बिदेशी कामदार छन् भने दोस्रोमा निर्माण तथा तेस्रोमा मनोरञ्जनसँग सम्बन्धित कामदार छन्।
कोरियामा भ्रमण तथा मेडिकल भिसामा प्रवेश गरि लुकिछिपी काम गर्नेको संख्या कहिँ कम भए पनि भिसा अवधि समाप्तिपछि लुकिछिपी काम गर्ने बिदेशी कामदार संख्या भने सबैभन्दा धेरै छ।
गत वर्ष भ्रमण भिसामा कोरिया प्रवेश गरि लुकिछिपी काम गरिरहेका भियतनामी कामदारहरु ठुलो संख्यामा जेजु टापुबाट पक्राउ परेका थिए। पछिल्लो पटक प्रकाशित तथ्यांक आनुसार ४ लाख भन्दा धेरै बिदेशी कामदार कोरियामा अबैध रुपमा काम गरिरहेका छन्।