विश्वका अन्य भाषाको तुलनामा कोरियन भाषा सिक्न र बोल्न सबैभन्दा गाह्रो रहेको विदेश मामिला सम्बन्धि अमेरिकी एजेन्सीले बताएको छ। विषेश गरि अंग्रेजी भाषीका लागि कोरियन भाषा सिक्न र बोल्न सबैभन्दा गाह्रो भएको अमेरिकी स्टेट ट्रेनिङ एजेन्सीको विदेश मामिलाले एक अध्यनपछि उक्त तथ्य सार्बजनिक गरेको हो।
फोरियन सर्भिस इन्स्टिच्यूट एफएसआइले गत नेभेम्बेर २९ तारिखमा सार्वजनिक गरेको एक प्रतिबेदनमा कोरियन भाषालाई चौथो बर्गमा राखेको छ। उक्त सूचिमा राखिएका भाषा सबैभन्दा कठिन भाषा हो। त्यस्तै कठिन भाषाको पाँचौ वर्गमा अरेबिक, चिनियाँ र जापानिज छन्।
एजेन्सीले जनाए अनुसार कोरियन भाषा सिक्न कम्तिमा पनि ८८ हप्ता अर्थात २ हजार २२ सय घण्टा अध्यनको जरूरी छ। त्यस्तै चौथो बर्गमा परेका भाषाहरु अंग्रेजी भाषिका लागि बोल्न र सिक्न सबैभन्दा अफ्ठेरो रहेको बताएको छ।
भाषा सिकाइ र बोलाइमा पर्ने कठिनाइको आधारमा बिभिन्न देशको भाषालाई बर्गिकरण गरिएको छ। सबैभन्दा कठिन मानिएको चौथो वर्गको भाषामा कोरियन लगाएत अन्य ७० भाषालाई समाबेस गरिएको छ।
तेस्रो वर्गमा रुसी, भियतनामी, थाई, हंग्रेरियन, बुल्गेरियन, ग्रिक र पोलिस सहित पचास भाषा छन्। ती भाषा सिक्न कम्तिमा १ हजार १ सय घण्टा अर्थात ४४ हप्ता आवश्यक पर्छ ।
यसैगरी दोस्रो वर्गमा जर्मन, इन्डोनेशियाली, मलेशियान, स्वाहिली र हाइटीयन छन्। ती भाषा बोल्न ९ सय घण्टा भन्दा बढी अध्ययन गर्नुपर्छ। भाषा सिक्न सबैभन्दा सजिलो अर्थात पहिलो वर्गमा नौ वटा भाषा रहेका छन् । जसमा अंग्रेजी, स्पेनिस, इटालियन, रोमानियन, स्वेडिस, पोर्चुगल, नर्वेली, डेनिस र डच छन्। ती भाषा सिक्नको लागि मात्र ६ सय घन्टाको आवश्यकता पर्छ।