कोरियाले सन् २०१८ को लागि विषेश भाषा दक्षता परीक्षा (टपिक) लेभलको मिति तय गरेको छ। ७२ देशको लागि खुल्ला गरिएको भाषा दक्षता परीक्षाको लागि २ सय २३ वटा केन्द्र तोकिएको छ।
सन् २०१८ को लागि ५ चरणमा परीक्षा मिति तय गरिएको छ। जसमध्ये ५७ औं भाषा परीक्षाको लागि अप्रिल १४ र १५ तारिख ,५८ औं को लागि मे १९ र २० तारिख ५९ औ परीक्षाको लागि जुलाई १५ तारिख, ६० औं को लागि अक्टोबर २० र २१ तारिख तथा ६१ औं टोपीक टेस्टको लागि नेभेम्बर १७ र १८ तारिख तोकिएको छ।
५९ औं प्रोफिसेन्सी टेस्ट भने भियतनाम, इरान, जापान, कम्बोडिया तथा थाइल्याण्डको लागि मात्र खुल्ला गरिएको छ भने अन्य मितिका परीक्षा भने नेपाल लगाएत विश्वका ७२ वटा राष्ट्रको लागि खुल्ला गरिएको छ।
विशेष गरि कोरियामा विदेशीलाई उक्त टपिक टेस्ट विश्व विश्वविद्यालय भर्ना तथा जागिरको लागि आवस्यक पर्ने गर्दछ। त्यस्तै विदेशी कामदारले पनि तोकिएका विभिन्न लेभलहरू पास गरि आफ्नो भिसा स्टाटस परिवर्तन गर्न निवेदन दिन सक्छन्।
भाषा परीक्षा बारे थप जानकारीको www. topik.go.kr लग इन गरि हेर्न सकिने छ। टपिक तयारीको लागि अनलाइन कोर्स अध्यनको गर्न चाहनेले इंलिस लगाएतका ५ बाट भाषामा ktband.co. kr लग इन गर्नुपर्ने बताइएको छ। त्यस्तै liveinkorea. kr बाट आफ्नो आइडी पनि बनाउन सकिने जनाएको छ।
हाल दक्षिण कोरियामा अध्ययन, ब्यापार ,रोजगारको शिलशिलामा करिब १८ लाखको हाराहारीमा बिदेशी छन्। कोरिया सरकारले बिदेशीको बसाइ लम्ब्याउन तथा रोजगारीमा सहजता ल्याउन बर्षेनी कोरियन भाषा विशेष दक्षता परीक्षा ( Korean proficiency test ) लिँदै आएको छ।