कोरियामा नोभेम्बर ३ देखि लन्च हुँदै गरेको आइफोन एटको पूर्व बुकिङ खुल्ला भएको छ।
कोरियाका तीन ठूला मोबाइल कम्पनि एसके टेलिकम, केटी तथा एल जी यु प्लस मार्फत गत शुक्रबारदेखि बुकिङ खुल्ला गरिएको हो।
बुकिङ खुला गरिएको ३० मिनेटमै ५० हजार सेट बुक भइसकेको कोरिया टेलिकमले जनाएको छ। यद्दपी आइफोन सेभेनको तुलनामा एटको पूर्व बुकिङ भने कम हो। आइफोन सेभेनको बुकिङ खुला भएको १५ मिनेटमै उक्त परिमाणको सेट बुक भइसकेको थियो।
अमेरिकाको क्यालिफोर्नियामा गत महिना पहिलो पटक लन्च भएको आइफोन एट तथा आइफोन एक्सले कोरियामा राम्रो बजार लिने अनुमान गरिए पनि पूर्व बुकिङ भने अपेक्षाकृत हुन नसकेको बताइएको छ।
ग्राहकहरू यसको लगत्तै बुकिङ खुल्लाहुँदै गरेको आइफोन एक्सको प्रतिक्षामा हुनसक्ने पनि अनुमान गरिएको छ। अमेरिकामा भने ग्राहकले आइफोन एक्सलाई बढी महत्व दिएका छन्।
साइड कट मोडेल, ताररहित चार्जिंङ, फेसियल रिकोग्निसन सेन्सर आदि बिशेषता भएका विभिन्न मोडेलका आइफोनको मूल्य पनि फरक फरक छ। हाललाई कोरियामा बुकिंङ खुला गरिएको आइफोन एट ६४ जिगावाइटको मूल्य ९ लाख ४६ हजार वोन अर्थात् ८ सय ३९ डलर कायम गरिएको छ भने एट प्लस २ सय ५६ जीबीको मूल्य १२ लाख ८३ हजार ७ सय वोन छ।