जापानमा भूकम्प गएको छ।
सोमबार बिहान इसिकावा प्रान्तमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले जनाएको छ।
जेएमएले भूकम्पले मानवीय र भौतिक क्षति नभएको र सुनामीको खतरा पनि नरहेको जनाएको छ।
भूकम्पविज्ञान र सुनामी अधिकारी सातोशी हरडाले सोमबारको भूकम्प जनवरी १ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पको पराकम्पन रहेको बताएका छन्।
सोमबार ५.९ म्याग्नेच्युडको भूकम्पपश्चात ४.८ म्याग्नेच्युडको अर्को पराकम्प गएको र दुई घन्टाको अवधिमा थुप्रै पराकम्प महशुस गरिएको उनले बताएका छन्।
भूकम्पको गतिविधि केही कम भएको भए पनि हराडाले मानिसहरूलाई विशेष गरी पहिले क्षति भएका भवनहरू नजिकका मानिसहरूलाई सतर्क रहन आग्रह गरे।
जनवरी १ मा गएको भूकम्पका कारण क्षतिग्रस्त वाजिमाका दुइवटा घरमा सोमबारको भूकम्पले थप क्षति गरेकोबाहेक अरू कुनैपनि भौतिक तथा मानवीय क्षति नभएको अग्नि तथा प्रकोप व्यवस्थापन विभागले जनाएको छ।
भूकम्प गएपछि सुरक्षा जाँचका लागि रेल सेवा केहीबेरका लागि बन्द गरिएको थियो।