कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै जापान सरकारले आफ्ना नागरिकहरूलाई हिँड्डुल सिमित गर्न भनेको छ।
सरकारका प्रवक्ता योसिसिदे सुगाले जापानका नागरिकहरूले आफ्नो सामर्थ्यमा भएसम्म अन्य व्यक्तिसँगको घुलमिललाई ७० प्रतिशतसम्म कम गर्न बुधबार आग्रह गरेका छन्।
जापानमा हालसम्म ८ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने १ सय १९ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमण सुरुभएपछि संसारका धेरै मुलुकले संक्रमण फैलिनबाट रोक्न लकडाउनको गरेको भएपनि जापानले भने गरेको छैन।
यसैगरी प्रवक्ता सुगाले सरकारले आफ्नो गठबन्धन साझेदारको प्रतिव्यक्ति १ लाख जापानी येन दिनेबारेमा सोच्ने बताएका छन्।
उनले यो काम कोरोना संक्रमणबाट प्रभावित बनेका घर र व्यवसायलाई रहात दिइसकेपछि हेर्ने बताए।