दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी लोक सभा निर्वाचनमा दिल्लीबाट फेरि पनि खाता खोल्न असफल भएको छ।
भारतीय जनता पार्टीले लोक सभामा लगातार तेस्रोचोटि दिल्लीका सातै सिट जित्न लागेसँगै आम आदमी पार्टी खाता खोल्न असफल भएको हो।
भाजपाले २०१९ को निर्वाचनमा हरेक सिटमा ५० प्रतिशतभन्दा बढी र समग्रमा ५७ प्रतिशत मत ल्याएको थियो।
सात वटै सिटमा भाजपाका उम्मेदवार अगाडि छन्।